सर्केगाड गाउँपालिकाका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्केगाड गाउँपालिकाका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१० चैत्र २०७८, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

औषधि खरिदका लागि आएको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष गजबहादुर रावतसहित ४ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष रावतले औषधि खरिदका लागि आएको रकममध्ये केही रकमको औषधि खरिद गरेको र बाँकी रकम हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डे, स्वास्थ्य संयोजक सन्तोष धामी र तत्कालीन लेखापाल सुरतबहादुर रेग्मीको समेत संलग्न देखिएकोले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।

उनीहरुमाथि ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै विगो असुल उपर साथै अधिकतम कैद सजायको मागदावी गर्दै अख्तियारले आरोप पत्र दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस