स्थानीय तह निर्वाचन : २ करोड मतपत्र छापिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तह निर्वाचन : २ करोड मतपत्र छापिने


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । आगामी वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ ।

निर्वाचन आयोगमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको जानकारी दिएका हुन् ।

मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको छ । उनका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । यस निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान आयोगले गरेको छ ।

अन्तिम मतदाता नामावली भने चैत १३ गते सार्वजनिक हुने सहायक प्रवक्ता अर्यालले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस