बाघको छाला किनबेच गर्ने एक जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाघको छाला किनबेच गर्ने एक जना पक्राउ


१० चैत्र २०७८, बिहिबार


पक्राउ

चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ ।

१६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी चितवन कारागार पठाएको हो ।

निकुञ्जले उनलाई ३ चैतमा भरतपुर–१ लिलाचोकबाट पक्राउ पक्राउ गरेको जनाएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यति बेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।

१४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साबिक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साबिक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा थप दुई जना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस