नेप्से घट्यो, कारोबार रकम बढ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेप्से घट्यो, कारोबार रकम बढ्यो


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो । परिसूचक नेप्से भने १६. ६९ अङ्कले घटेको छ ।

सो अङ्कको गिरावटपछि नेप्से २६१३ अङ्कमा कायम भएको छ । कुल ४९ कम्पनीको मूल्य बढ्यो भने १४१ कम्पनीको घट्यो ।

४ कम्पनीको भने स्थिर रह्यो । बैङ्किङ १३, विकास बैङ्क ९२, फाइनान्स ४३, होटल तथा पर्यटन ४३, जलविद्युत ३१, उत्पादन ८३, लघुवित्त २०, अन्य ३० र व्यापार उपसमूह २१ अङ्कले घटे ।

निर्जीवन बीमा १२७ र जीवन बीमा भने ३६९ अङ्कले बढे । बीमा कम्पनीहरुको पुँजी बढाइने चर्चाले ती उपसमूहमा बिहीबार प्रभाव देखिएको छ ।

तीन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेसन, अपी पावर र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस