कक्षा ११ र १२ को रजिस्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा ११ र १२ को रजिस्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप


१० चैत्र २०७८, बिहिबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिस्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि फाराम बुझाउने म्याद थप गरेको हो ।

कक्षा ११ को रजिस्ट्रेसन फारम र १२ को परीक्षा फाराम चैत १६ गते भित्र भरेर सम्बन्धित विद्यालयमार्फत बोर्डका कार्यालयहरूमा फाराम बुझाउने गरी म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फारामबापत प्रतिविद्यार्थी ८ सय शुल्क तिरेर फारम बुझाउन सकिने बताएको छ ।

कक्षा १२ (नियमित तथा आंशिक र ग्रेड वृद्धि) र कक्षा ११ (आंशिक र ग्रेड वृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि २०७८ चैत १६ गतेभित्र दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने छ । त्यसका लागि परीक्षा आवेदन फाराम बापत प्रति विद्यार्थी १२ सय बुझाउनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस