सङ्कट छ तर लोडसेडिङ गर्दैनौँ : कुलमान घिसिङ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सङ्कट छ तर लोडसेडिङ गर्दैनौँ : कुलमान घिसिङ


१० चैत्र २०७८, बिहिबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा ठुलो सङ्कट उत्पन्न भएको भए पनि लोडसेडिङ नहुने बताएका छन् ।

उनले यो सङ्कट लामो समय नरहने भन्दै लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन मिडियालाई आग्रह समेत गरे ।

आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यो कहिलेकाहीँ उत्पन्न हुने सङ्कट हो । ग्लोबल क्राइसिसका कारण नेपाललाई पनि अलिकति असर परेको छ । तर, हामी कुनै हालतमा लोडसेडिङ गराउँदैनौ । हामी अरु देशभन्दा राम्रो अवस्थामा छौँ ।’

कुलमानले प्राधिकरणले बिजुलीको मूल्य नबढाउने बताए । प्राधिकरणले महँगोमा किने पनि पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गर्ने उनको भनाइ छ ।

यो सङ्कट बढीमा डेढ महिना चल्ने उनले अनुमान गरे । त्यसपछि आफ्नै बिजुली पर्याप्त हुने घिसिङले बताए । ‘वर्षभरिको औसत गर्दा हामीलाई धेरै ठुलो असर पर्दैन भन्ने आशा छ,’ उनले भने, ‘हामीलाई दुई-तीन सय मेगावाटको माग हो । त्यो व्यवस्थापन गर्न सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस