निर्वाचन आचार संहिताप्रति राजनीतिक दलको आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आचार संहिताप्रति राजनीतिक दलको आपत्ति


१० चैत्र २०७८, बिहिबार


दाङ । जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्माण गरेको आचार संहिता अव्यवहारिक भएको बताएका छन् ।

समय सुहाउँदो आचार संहिता लागू गर्नुपर्ने भन्दै राजनीतिक दलका प्रमुखहरूले आयोगले सार्वजनिक गरेको आचार संहिता अव्यवहारिक र अवैज्ञानिक रहेको बताएका हुन् ।

निर्वाचन आयोग र कानुन समाजको आयोजनामा दाङको घोराहीमा भएको ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा जिल्लाका सरोकारवालाले यस्तो बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस