युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।

एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् ।

राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रूपमा रुसी जलवायु दूतको रूपमा काम गरेका थिए ।

ब्लुमबर्गको एक रिपोर्ट अनुसार ६६ वर्षीय एनातोली सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रूपमा चिनिन्छन् । उनले पुटिन सरकारसँग निकट रहेर काम गरेका थिए र पश्चिमा देशका अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध बनाएका थिए । सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रूपमा उनी चिनिन्छन् ।

पुटिनसँग निकट रहेकाले पनि एनातोली धेरै सरकारी कम्पनीहरूका उच्च ओहोदामा रहेर काम गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सरकारको घरेलु आलोचकहरू बढेका छन् । गत हप्ता मात्रै युक्रेनमा गरिएको आक्रमणको विरोध जनाउँदै दिमित्री मेदभेदेवका वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा काम गरेका अर्केदी दोर्कोभिचले सरकार समर्थित स्कोल्कोभो टेक्नोलोजी फण्डको प्रमुख पदबाट राजीनामा दिएका थिए ।

अर्केदी युक्रेनमा गरिएको आक्रमणको विरोधमा बोल्ने केही पूर्व वरिष्ठ अधिकारीहरूमध्ये एक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस