साफ यु -१८ महिला फुटबल: नेपालको लगातार चौथो हार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साफ यु -१८ महिला फुटबल: नेपालको लगातार चौथो हार


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा लगातार चौथो हार व्यहोरेको छ।

राउन्ड रोविनको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग बुधवार २–१ गोल अन्तरले पराजित भएको हो ।

भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा भएको खेलको नेपालले चौथो मिनेटमै अग्रता लिएको थियो। अमिशा कार्कीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाइन्। पहिलो हाफसम्म कायम राखेको अग्रता नेपालले दोस्रो हाफमा जोगाउन सकेन।

खेलको ६८औँ मिनेटमा सामसुननाहारले बङ्गलादेशका लागि गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यसपछि ८४औँ मिनेटमा साहादा अख्तर रिपाले गोल गर्दै बङ्गलादेशलाई २–१ को पुनरागमन जित दिलाइन्।

यो जितसँगै बङ्गलादेश उपाधि होडमा कायमै रहँदा नेपाल भने अङ्कविहीन हुँदै च्याम्पियनसिपबाट घर फर्किएको छ।

यो हारसँगै नेपाल प्रतियोगितामा चार खेल खेल्दा अङ्क विहीन बन्न पुग्यो।

नेपाल पहिलो खेलमा आयोजक भारतसँग ७–०, बङ्गलादेशसँग ४–२ र पुनः भारतसँग ५–१ ले पराजित भएको थियो।

अब शुक्रबार हुने भारत र बङ्गलादेशबिचको अन्तिम खेलबाट उपाधिको छिनोफानो हुनेछ।

अपराजित रहेको भारतको ३ खेलबाट ९ अङ्क छ। बङ्गलादेशको ३ खेलबाट ६ अङ्क छ। बङ्गलादेशलाई च्याम्पियन बन्न अन्तिम खेलमा कम्तीमा पनि २–० भन्दा बढीको जित निकाल्नुपर्ने हुन्छ। भारतलाई च्याम्पियन बन्न बराबरी नै पर्याप्त हुनेछ।

च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस