‘कर्मचारीको अहित हुने गरी निजामती ऐन ल्याइदैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘कर्मचारीको अहित हुने गरी निजामती ऐन ल्याइदैन’


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी सङ्घीय निजामती सेवा ऐन नल्याउने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिका पदाधिकारी तथा प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उनले कर्मचारीको हितमा ऐन बनाउनुपर्छ भन्नेमा सरकार प्रस्ट रहेकाले सोहीअनुसार आवश्यक छलफल गरिने बताए ।

मन्त्री बडूले अघिल्लो सरकारले बनाएको ऐनको मस्यौदामा कर्मचारीको हित विपरीत रहेका प्रावधान हटाउन राज्य व्यवस्था समितिमा आफूले धेरै छलफल गरेको र आफ्नोतर्फबाट लिखित रूपमै ‘नोट अफ डिसेन्ट’ समेत राखिएको जानकारी गराउँदै अहिलेको सरकार कर्मचारीप्रति कहिल्यै पनि असहिष्णु नरहेको स्पष्ट पारे।

सङ्घीय निजामती ऐन कर्मचारीकै लागि ल्याइने भएकाले कर्मचारीको सल्लाह र न्यूनतम सहमतिमै ऐन ल्याइने विश्वास दिलाउँदै उनले निजामती सेवाको छाताभित्र रहेका कर्मचारीलाई कुनै पनि आधारमा विभेद नगरिने प्रस्ट्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस