धितोपत्र बोर्डद्वारा मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धितोपत्र बोर्डद्वारा मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङलाई कारबाही गरेको छ । सेयर लगानीकर्तासँग अस्वभाविक रुपमा ब्याजदर लिएको भन्दै बोर्डले उक्त ब्रोकर कम्पनीलाई कारबाही गरेको हो ।

कम्पनीले लगानीकर्तालाई सेयर बिक्री गरेको रकम ढिला भुक्तानी गर्ने गरेको पाइएको बोर्डले जनाएको छ । बोर्डका अनुशार सेयर किनेको रकम ढिलो भुक्तानी गरेको बाहनामा लगानीकर्तासँग १८ प्रतिशतसम्म ब्याज असुली गरेको पाइएको छ ।

नियम विपरीत लगानीकर्तासँग १३ देखि १८ प्रतिशतसम्म ब्याजदर लिएको पाइएपछि बोर्डले उक्त ब्रोकर कम्पनीलाई ७५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस