सभापति देउवाद्वारा नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभापति देउवाद्वारा नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्त


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्।

लामो समयदेखि अधिवेशन हुन नसकेका भातृ संस्थाको नेतृत्वलाई बिदाइ गरेर देउवाले तदर्थ कार्यसमिति गठन गरेका हुन्।

नेविसंघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा नियुक्त भएका छन् भने तरुण दलको अध्यक्षमा पवर्ततका विद्वान गुरुङ रहेका छन्।

उनीहरू दुवै जनालाई तीन तहको चुनाव सकिएको तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस