बिहीबारदेखि जनकपुर–पोखरा दैनिक उडान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिहीबारदेखि जनकपुर–पोखरा दैनिक उडान


९ चैत्र २०७८, बुधबार


जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो ।

यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिवार मात्रै चल्ने गरेको थियो । अब नियमित एउटा फ्लाइटले सेवा दिने छ ।

फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताको तीन दिन चल्ने गरी सुरु भएको हवाई सेवा अब दैनिक चल्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस