अनिश्चितकाका लागि देशभर यातायात कार्यालयका सबै सेवा बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनिश्चितकाका लागि देशभर यातायात कार्यालयका सबै सेवा बन्द


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा अनिश्चितकाका लागि बन्द गर्ने भएको छ ।

सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधवार अपराह्न ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन्, ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ ।’

यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस