कास्की जिल्ला अदालतको इजलास कक्षमा मध्यरातमा तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्की जिल्ला अदालतको इजलास कक्षमा मध्यरातमा तोडफोड


९ चैत्र २०७८, बुधबार


पोखरा । कास्की जिल्ला अदालतको इजलास कक्षमा तोडफोडसहित चोरी भएको आशङ्का गरिएको छ ।

६ नम्बर इजलासको मिसिललगायतका कागजात रहेको दराज खोलेको भेटिएको अदालतका सूचना अधिकारीले जानकारी दिए । मिसिलसहितका कागजपत्रहरू आफ्नो ठाउँमा नरहेकाले चोरी भएको आशङ्का गरिएको छ ।

२ तला माथि रहेको ६ नम्बर इजलासमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेको अवस्था छ । दराजबाट मिसिल भएको फाइलहरू छानेको अवस्था छ । कागजपत्रहरू आफ्नो ठाउँमा छैनन् ।

इजलासबाट सामानहरू हराएको हो वा होइन भन्ने विषयमा अहिले छानबिन भइरहेको बताइएको छ । मङ्गलवार राति तोडफोड भए पनि बुधवार बिहान कार्यालय सफा गर्ने क्रममा मात्रै जानकारी भएको अदालतले जनाएको छ ।

ढोका फोड्न प्रयोग भएको छड बरामद भएको छ । तोडफोड भएको ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने जिल्ला अदालतको ठिक अगाडि वडा प्रहरी कार्यालय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस