सीटीईभीटी वा विश्वविद्यालयमा एक रोज्न कलेजलाई चिकित्सा शिक्षाको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सीटीईभीटी वा विश्वविद्यालयमा एक रोज्न कलेजलाई चिकित्सा शिक्षाको निर्देशन


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एउटाको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ ।

आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई पत्र पठाउँदै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न भनेको हो ।

आयोग, कार्यकारी समितिको बैठकले शैक्षिक सत्र २०७८(०७९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय गर्नका लागि चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गते बसेको बैठकको निर्णय नं। ७ बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयन सम्बन्धमा भएका निर्णय कार्यान्वयनका लागि आयोगले विश्वविद्यालय तथा प्रतिष्ठानलाई पत्राचार गरेको थियो ।

तर कार्यान्वयनको चरण बाँकी रहेको जानकारी प्राप्त भएको भन्दै विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा सीटीईभीटीतर्फका प्रमाण पत्र तहका कार्यक्रम भएका भए कुनै एउटाको मात्र छनोट गर्न आयोगले निर्देशन दिएको हो ।

केही शैक्षिक संस्थाले विश्वविद्यालय र सीटीईभीटी दुवैबाट सम्बन्धन लिएर एउटै संस्थामा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस