कसैको इशारामा रिट दिएको होइन : अधिवक्ता रेग्मी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कसैको इशारामा रिट दिएको होइन : अधिवक्ता रेग्मी


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा रिट दिएका कानुन व्यवसायी गणेश रेग्मीले आफूले कसैको इशारामा रिट नदिएको प्रस्टीकरण दिएका छन् । उनले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै रिट दिएका थिए ।

बुधवार संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिसविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा उनले आफूलाई बुख्याचा अधिवक्ताको रूपमा प्रस्तुत गरेको भन्दै असन्तुष्टि जनाए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशपछि बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धसमेत सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

सो मुद्दा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले आफू मुद्दा सुनुवाइ सुरु हुने दिन बिदा बस्ने बताएका थिए । तर अधिवक्ता रेग्मीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्नै नसक्ने भन्दै रिट दायर गरेपछि न्यायाधीश हरि फुयाँलको इजलासले प्रधानन्यायाधीविनाको संवैधानिक इजलास बस्न नमिल्ने अन्तरिम आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस