एमाले स्थानीय निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थानीय निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ ।

घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।

घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ ।

एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ ।

तर, कहिले सम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुङ्गो छैन । जबकि अबको ३० औँ दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ । आगामी ५१ औँ दिन अर्थात् ३० वैशाखमा मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस