युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् ।

मङ्गलवार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई इन्कार गरेनन् । अन्तरवार्ताको क्रममा परमाणु हतियारबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ । हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौँ ।’

यसअघि रुसी राष्ट्रपति पुटिनले परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । यद्यपि अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरू सार्वजनिक भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस