नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना, समुद्री आँधी सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना, समुद्री आँधी सुरु


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद्हरूले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताएका छन् ।

यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने भएको छ । शुक्रवारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले जनाकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस