अफगानिस्तानको नान्गाहारमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अफगानिस्तानको नान्गाहारमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु


८ चैत्र २०७८, मंगलबार


जलालाबाद । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सिन्ह्वाले प्रान्तीय ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख जावाद शिरजादलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ ।

सोमबार साँझ प्रान्तीय राजधानी जलालाबाद सहरको प्रहरी जिल्ला ६ को चक्रपथमा दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको शिरजादले सिन्ह्वालाई बताएका छन् ।

मृत्यु हुनेमा कार चालकसहित चार महिला, एक बालक र तीन पुरुष रहेको अधिकारीले जानकारी दिए । सिन्ह्वाका अनुसार पहाडी खण्डमा सडक दुर्घटनाहरू बारम्बार हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस