दोहोरो अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोहोरो अङ्कले बढ्यो नेप्से


८ चैत्र २०७८, मंगलबार


शेयर बजार

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । परिसूचक १६.०४ अङ्कले बढेर २६५० मा कायम भएको छ ।

कुल २ अर्ब ५१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । १० कम्पनीको मूल्य स्थिर रहँदा १०६ कम्पनीको बढ्यो भने ७७ को घट्यो ।

बैङ्किङ ६, विकास बैङ्क ५६, होटल तथा पर्यटन २०, जीवन बीमा २६८, उत्पादन ४९, लघुवित्त २६, निर्जीवन बीमा ८४ र अन्य उपसमूह २८ अङ्कले बढे । व्यापार ८, जलविद्युत् १३ र फाइनान्स उपसमूह ७ अङ्कले घटे ।

इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो । केही दिनदेखि निरन्तर १० प्रतिशतले बढेको कम्पनीको मूल्य प्रतिकित्ता ६२८.८० पुगेको छ । राष्ट्र उत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स ९संस्थापक समूह०, नेपाल टेलिकम, शिवम् सिमेन्ट, ज्योति विकास र जीवन विकास लघुवित्त क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस