१५ वर्षपछि एमालेमै फर्किए पुर्वमन्त्री सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ वर्षपछि एमालेमै फर्किए पुर्वमन्त्री सिंह


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । पूर्व मन्त्री प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नो नेतृत्वको सानो पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । उनले एमाले त्यागेका थिएनन्, बरु एमालेले उनीमाथि कारबाही गरेपछि अलग पार्टी बनाएर बसेका थिए ।

एमालेबाट बाहिरिएको १५ वर्षको बिचमा उनी दुई पटक संविधानसभा सदस्य र मन्त्री समेत बने । संविधानले थ्रेसहोल्डको व्यवस्था गरेपछि सिंहको समाजवादी जनता पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेका कारण उनी सांसद बन्न पाएनन् ।

अन्ततः उनी आफ्नो पुरानै घर एमालेमा फर्किएका छन् । बुधवार एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सिंहले आफ्नो पार्टीका अन्य नेताहरूसहित समाजवादी जनता पार्टी नै एमालेमा समाहित गराए । उनलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले स्वागत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस