बैशाखी टेकेर जितौँला भन्ने होइन,आफ्नै खुट्टामा उभिने हो : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैशाखी टेकेर जितौँला भन्ने होइन,आफ्नै खुट्टामा उभिने हो : अध्यक्ष प्रचण्ड


६ चैत्र २०७८, आइतबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धनको बैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन् ।

आज (आइतबार) पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ । वडादेखि नै गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो । तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैन ।’

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस