उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ : जापान सरकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ : जापान सरकार


३ चैत्र २०७८, बिहिबार


टोकियो । जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुन सक्ने बताएको छ । जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो ।

उक्त मन्त्रालयलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन सेवा एनएचकेले जनाएअनुसार उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र हानेको हो ।

यस विषयमा विस्तृत जानकारी भने बाहिर आएको छैन । उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र हानेको हुनसक्ने अनुमान जापान सरकारले गरे लगत्तै दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि सो विषयमा जानकारी गराएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने सो ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाले हानेको तर असफल भएको जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस