३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–१ घर भई काठमाडौँ गोङ्गबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, रोल्पा माडी गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, बागलुङ नगरपालिका–८ घर भई काठमाडौँ सामाखुसी बस्ने ३० वर्षीय रञ्जित कार्की, बेनी नगरपालिका–५ घर भई काठमाडौँ मनमैजु बालाजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन् ।

यस्तै ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाईँ, पाल्पा पूर्व खोला गाउँपालिका–५ घर भएका ३३ वर्षीय जीवन कुमार श्रेष्ठ, रामेछाप गागल गाउँपालिका–८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका–२ घर भएका रमेश बजगाईँ, काभ्रेपलान्चोक कटुन्जेबेशी गाउँपालिका–४ घर भएका २५ वर्षीय सन्दीप मैनाली, सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ घर भएका २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका–४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरू उपर किर्ते गर्न नहुने कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस