४८५ शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४८५ शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सय ८५ शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले मङ्गलवार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह ब्याट ३५ का शाखा अधिकृतको सरुवा गरेको हो ।

निर्णय भई सकेको सूची सार्वजनिक गर्नुपर्नेमा मन्त्रालयले विवाद आउने भन्दै सम्बन्धित व्यक्तिले मात्रै आफ्नो सरुवा हेर्न मिल्ने गरी चलाखी गरेको छ ।

पछिल्लो समय मन्त्रीको सचिवालयले सरुवालाई खेतीकै रूपमा विकास गरेको भन्दै कर्मचारी वृत्तमा निकै आलोचनासमेत हुँदै आएको छ । कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य नितान्त प्रशासनिक भए पनि पछिल्ला दिनहरूमा राजनीतिक नेतृत्वहरू हाबी हुन थालेका छन् जसले प्रशासनिक नम्स मात्रै भत्काएका छैनन् कि थप समस्याहरूसमेत सिर्जना गरेका छन् । जसको उदाहरण अहिले मधेस प्रदेशमा देख्न सकिन्छ ।

कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई तानेर निमित्त धन्दा चलाएपछि कर्मचारीबिचमा त समस्या आएको छ नै, खुलेआम भ्रष्टाचारलाई बढवा दिएको तर्फसमेत कसैको ध्यान पुग्न नसक्नु दुर्भाग्य बन्न पुगेको छ ।

जसमा मन्त्रीको मनमौजी छ । हो, बोल्दैनन् तर इसारा गर्छन् । सचिव निरीह छन्, हस हजुर भन्छन् । सचिवालयको सक्रियतामा सीमित कर्मचारीले सारा राईदाई मच्चाउँदै मस्ती गरी रहेका छन् तर त्यसको अपजस सिङ्गो मन्त्रालय र कर्मचारीतन्त्रले लिनु परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस