काँग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा


१ चैत्र २०७८, मंगलबार


गोरखा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् ।

गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरूको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे । ‘अहिलेको मुख्य आवश्यकता र प्राथमिकता काँग्रेससहितको गठबन्धन नै हो’, उनले भने, ‘यदि काँग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।’ एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे ।

देशको राजनीतिक आवश्यकताले काँग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरूको जोड रहेको बताए । ‘एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ’, मन्त्री खतिवडाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस