संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।

उनले भने, ‘सबै दलहरू गाउँ केन्द्रित भएका छन् । सांसदहरू पनि चुनावी प्रचारमा खटिन्छन् । त्यसैले तत्काललाई संसद् अधिवेशन अन्त्य गरिएको हो । संसद्‌मा बिजनेस छैन, अत्यावश्यक विधेयकहरू थिए, तिनलाई पास गर्नुपर्ने अवस्था छ । तर, नाराबाजी रोकिएको छैन ।’

अवरोधका बिच नागरिकता लगायत विधेयक र अन्य महत्त्वपूर्ण विधेयकहरू पास हुन नसक्ने भन्दै मन्त्री बडूले यी विषयमा संसद्‌मा छलफल गर्न नपाएपछि संसद् चालू राख्नुको औचित्य नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस