धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ


१ चैत्र २०७८, मंगलबार


गलेश्वर । विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ ।

अन्य क्षेत्रमा झैँ पर्वतारोहणमा बिस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ ।

कोरोनाको सङ्क्रमण दर कम भएको र हिमाल आरोहणको याम पनि सुरु भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल औ८१६७ मि।ओ आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ ।

इमेजिङ नेपाल नामक टेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

‘सिजनकै सुरुमा यती आरोही आउनु राम्रो सङ्केत हो, कोरोनाको बिचमा पनि केही आरोही आउन थालेका थिए, अहिले हेलिकोप्टरबाट समान ढुवानी भइरहेको छ’ शेरचनले भने ।

पश्चिम म्याग्दीको ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांश पैदल मार्ग हुँदै बेसक्याम्पसम्म पुग्ने गरेका छन् । धौलागिरि हिमाल रघु गङ्गा गाउँपालिकाको सिमानासँग जोडिए पनि आरोही भने सिधा बाटो मानिएको मुदीलगायत आसपासका क्षेत्र हुँदै बेसक्याम्प पुग्ने गर्दछन् ।

छिमेकी जिल्ला मुस्ताङबाटसमेत हिमालमा पुग्न सकिने भए पनि आरोहणका लागि पश्चिम म्याग्दी हुँदै आधार शिविरमा जान सजिलो हुन्छ ।

सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लिएन नागरिक कुर्ड डिम्ब करणले पहिलो पटक धौलागिरिको आरोहण गरेका थिए । कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।

आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण हिमाल कालीगण्डकी गल्छीको वारिपारि रहेकाले पनि आरोहण गर्न र अवलोकन गर्नका लागि पर्यटकको रोजाइँमा यो स्थल पर्छ । हिमाल आरोहणको राजस्वको हिस्सा भने मुस्किलले म्याग्दीमा आउँछ ।

आरोहीले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहणबापतको रोयल्टी तिर्नुपर्ने हुन्छ ।

त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटरको संसारकै दशौँ अग्लो अन्नपूर्ण हिमाल अवलोकनका लागिसमेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

त्यस्तै धवलागिरि गाउँपालिकामा रहेको गुर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च बढी भए पनि जिल्लाले त्यसको फाइदा लिन सकेको छैन। धवलागिरि गाउँपालिका –१ मा अवस्थित ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली आरोही र उनीहरूका चार नेपाली सहयोगी गरी नौ जनाको मृत्यु भएपछि गुर्जामा आरोहीको चहलपहल हुन सकेको छैन भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस