स्थानीय तहको निर्वाचनमा जुट्न नारायणकाजीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तहको निर्वाचनमा जुट्न नारायणकाजीको निर्देशन


३० फाल्गुन २०७८, सोमबार


गोदावरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए ।

उनले केन्द्रमा गठबन्धन सरकार भए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने टुङ्गो लागि नसकेकाले आफ्नै सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने बताए ।

गठबन्धन होला नहोला तर हामीले आफ्नै सङ्गठनका बलमा स्थानीय तहको निर्वाचन लड्ने गरी तयारीका साथ लाग्नुपर्छ उनले भने।

नेता श्रेष्ठले महत्त्वपूर्ण स्थानमा गठबन्धन हुनसक्ने भन्दै अन्य स्थानमा विचार मिल्ने दलसँग तालमेल हुने बताए । उनले माओवादी पार्टीले वैचारिक दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए । उनले पार्टीले स्पष्ट नीति र कार्यदिशा बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस