स्वस्तिक छाप विदेशबाट ल्याउने आयोगकाे तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वस्तिक छाप विदेशबाट ल्याउने आयोगकाे तयारी


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ।

आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज बाहिर देशबाट ल्याउनुपर्छ। त्यसको ठेक्कापट्टा भइसकेको छ। एक महिनाभित्र ल्याउने भन्ने छ।’

Tags :
प्रतिक्रिया दिनुहोस