Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बर्डफ्लु : काभ्रेमा नमुना सङ्कलन र निगरानी


३० फाल्गुन २०७८, सोमबार


काभ्रेपलान्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकमा थप नमुना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ ।

महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिए लगत्तै पूर्वी नाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ ।

जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ ।

‘सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन् । उनका अनुसार काठमाडौँ र छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सिमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको छ ।

साँगामा चौबिसै घण्टा पशुपक्षीजन्य आयात–निर्यातमा सतर्कता अपनाउँदै नमुना सङ्कलन तथा निगरानी बढाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

साथै, सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको केन्द्रका प्रमुख राजकुमार हुमागाईँले बताए ।

हुमागाईँका अनुसार जिल्लाको दक्षिण–पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशनी गाउँपालिकाको मङ्गलटारमा पक्षीजन्यको जाँच केन्द्र स्थापना गरिएको छ भने जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा निगरानी अपनाइएको छ ।

जिल्लाको विभिन्न स्थानमा बर्डफ्लुको नमुना सङ्कलन तथा परीक्षण गरिएकामा आइतबारसम्मको परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको केन्द्रले जनाएको छ । केन्द्रले निगरानी बढाउँदै नमुना सङ्कलन तथा परीक्षणलाई निरन्तरता दिइरहेको हुमागाईँले बताए ।

जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल र सचेतना कार्यक्रम गरिसकेका छन् ।

गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु सङ्क्रमण त्यसयता चितवन र राजधानी काठमाडौँ तथा उपत्यकाको भक्तपुरमा समेत देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस