सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा उद्धार कार्य जारी छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस