गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस