नवनिर्वाचित राष्ट्रियसभा सदस्यले लिए शपथ  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नवनिर्वाचित राष्ट्रियसभा सदस्यले लिए शपथ 


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्।

संघीय संसद‍् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ब्याच समेत लगाइदिएका छन्।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको थियो।

पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए।

सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन्।

निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस