नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल हृदय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो ।

अस्पतालमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन(टिएभीआई) विधिबाट भल्ब फेरिएको जानकारी दिएका छन् ।

भारतका मुटु रोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालका टिमले सोमबार साफतापूर्वक भल्बको प्रत्यारोपण गरेको र महिला तीन दिनमै निको भएर आजै डिस्चार्ज गरिएको उनले बताए ।

यसअघि एओर्टिक स्टेनोसी लागेका बिरामीलाई छाती चिरेर भल्ब प्रत्यारोपण हुँदै आए पनि वृद्ध वृद्धामा अन्य प्रकारका जटिल रोगहरू र शारीरिक दुर्बलतासमेत हुने भएकाले शल्यक्रिया बढी जोखिम हुन्छ ।

‘ टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिएको हो’ डा. अधिकारीले भने ।

बिरामीलाई बेहोस पार्दै छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कठिनाइहरू कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने र प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुने चिकित्सकको भनाई छ ।

डा. अधिकारीका अनुसार यो पद्धतिबाट उपचार गर्न २० देखि २५ लाख लाग्ने र भारत तथा अन्य मूलकभन्दा ५० प्रतिशत सस्तोमा नेपालमा उपचार गर्न सकिन्छ ।

यो पद्धति मात्रै पहिलो पटक सन् २००२ मा फ्रान्समा उपचार गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस