महेन्द्रनगरबाट चरेससहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महेन्द्रनगरबाट चरेससहित भारतीय नागरिक पक्राउ


२० फाल्गुन २०७८, शुक्रबार


महेन्द्रनगर । कञ्चनपुर प्रहरीले शुक्रवार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको विहारका राधेश्याम जैसवाललाई चरेससहित नियन्त्रण लिएको बताए ।

‘कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेस बरामद गरेका हौँ’, उनले भने, ‘विस्तृतमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दै छ ।’

विगत एक दशकयता महेन्द्रनगरमा कवाड सङ्कलन गर्दै आएका जैसवालले कवाडी राखेको बोराबाट चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

‘कवाड सङ्कलन स्थलमा अहिले प्रहरीले घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको छ’, बमले भने, ‘चरेस कसले कहाँबाट ल्यायो भन्ने विषयमा सघन अनुसन्धान हुन्छ ।’

पछिल्लो केही वर्षयता लागू औषध नियन्त्रणका लागि सक्रिय रूपमा खटिएको कञ्चनपुर प्रहरीले यहाँ दिनहुँ जसो लागु औषध चरेस, ब्राउनसुगरसहित अभियुक्त पक्राउ गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस