प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ जनाको बिदाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ जनाको बिदाइ


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ भएका छन् ।

समिति सचिवालयले आजको बैठकपछि उनीहरूलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर बिदाइ गरेको हो ।

चार वर्षे कार्यकाल पूरा गर्नेमा शान्ति अधिकारी, शेरबहादुर कुँवर, अगमप्रसाद वान्तवा, नैनकला ओझा र राधेश्याम अधिकारी छन् । यसअघि बैठकमा उनीहरूले प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन कार्यान्वयनका सन्दर्भमा समितिको प्रयास गौरव गर्न लायक रहेको दाबी गरे ।

प्रत्यायोजित विधायन अर्थात सहायक कानून निर्माणका सन्दर्भमा अपनाउनुपर्ने सजगता तथा त्यस्ता कानून कार्यान्वयन गर्न पूर्व अनिवार्यरूपमा संसद्लाई जानकारी गराउन पर्नेसहितको प्रावधान राखेर ऐनको मस्यौंदालाई अन्तिमरूप दिन सफल भएको विषयलाई उनीहरूले उपलब्धिकारूपमा लिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस