त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११:३० बजेदेखि २:३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ ।

यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरूलाई आकाशमा होल्ड गरिएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको एरो थाईको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे नगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस