दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ


२० फाल्गुन २०७८, शुक्रबार


बलात्कार

काठमाडौँ । झापामा १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुर मारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरीगञ्जमा पाहुना आएकी १५ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भाकुर मारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन् ।

उनीहरूले बुधवार साँझ भारतीय सीमा नजिक जवान मुन्सी मेला घुमेर फर्किने क्रममा किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ ।

किशोरीका अभिभावकले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएका छन् । १५ बर्सिया अर्की किशोरीलाई जबरजस्ती करणी गरी फरार एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिका–४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूले फागुन १७ गते स्थानीय १५ बर्सिया बालिकालाई खेतमा गएको बेला जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका तीनै युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस