गैर कानुनी रूपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन १५ दिनको अल्टिमेटम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गैर कानुनी रूपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन १५ दिनको अल्टिमेटम


१८ फाल्गुन २०७८, बुधबार


डाक्टर

काठमाडौँ । गैर कानुनी रूपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले इजाजत नलिई सञ्चालन भइरहेका टेष्ट ट्युब बेबी सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो। अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरूले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन सूचनामा भनिएको छ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजत पत्र लिनुपर्ने कानुनी व्यवस्था छ। तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस