कार्यालय नआउने १२ प्रहरीलाई बर्खास्त गर्ने हेडक्वार्टर चेतावनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कार्यालय नआउने १२ प्रहरीलाई बर्खास्त गर्ने हेडक्वार्टर चेतावनी


१० फाल्गुन २०७८, मंगलबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको  केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मङ्गलवार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस