रावललाई संसदमा बोल्न दिएपछि एमालेको आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रावललाई संसदमा बोल्न दिएपछि एमालेको आपत्ति


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ ।

एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा बोलेका थिए । उनले राष्ट्र हित विपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए ।

एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आपत्ति जनाएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले त्यसमा आपत्ति जनाएका छौँ । सभामुखको ध्यानाकर्षण गराएका छौँ । एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभईकन दलीय सहमति बेगर तपाईँले बोल्न दिने कुरा दलीय व्यवस्था छ । यस विरुद्ध नउत्रिनुस् भनेका छौँ । ’

Tags :
प्रतिक्रिया दिनुहोस