देशको पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशको पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू–भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस