भ्रम नफैलाउन याक एन्ड यतिलाई सचेत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रम नफैलाउन याक एन्ड यतिलाई सचेत


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । पर्यटन विभागले याक एन्ड यति होटेललाई भ्रम नफैलाउन सचेत गराएको छ । सरकारले कारबाही कारबाही गरेको विषयमा होटेलले भ्रामक भनाई व्यक्त गर्दै आएको भन्दै विभागले सचेत गराएको हो ।

सरकारले उक्त होटेलको नामा जारी गरिएको क्या सिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटेलको पाँच तारे स्तर वर्गीकरण रद्द गर्ने, होटेलको नामा रहेको अचल सम्पत्ति रोक्का राख्ने र बैङ्क तथा वित्तीय संस्थामा रहेको बैङ्क खाता रोक्का राख्ने सम्बन्धमा विभिन्न भ्रामक भनाई राखेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

होटेलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई तिर्नुपर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै पर्यटन मन्त्रालयले पाँचतारे वर्गीकरण र सञ्चालनको इजाजत रद्द गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस