बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज (शुक्रबार) बिहान मूर्ति फेला परेको जानकारी दिए ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केही बेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार : ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

सम्बन्धित समाचार : बालकुमारी मन्दिरको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

Tags :
प्रतिक्रिया दिनुहोस