१८ करोड राजस्व छली गरेको आरोपमा ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१८ करोड राजस्व छली गरेको आरोपमा ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा


२१ माघ २०७८, शुक्रबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ब्रिङ मिडिया डिष्ट्रिव्यूसयन प्रा.लि.का सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले स्टार इन्डिया प्रा.लि. भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रा.लि. भारतका प्रोप्राइटर अञ्जली अरोराविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

विभागले शुक्रवार विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्द १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपियाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस