जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित


२१ माघ २०७८, शुक्रबार


काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो ।

जनमतले आन्दोलनका क्रममा सर्वसाधारणका गाडीमा समेत तोडफोड र आगजनीसमेत गरेको थियो । कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पारिरहेको थियो ।

बिहीबार रातिदेखि देशभर असिना र पानी परिरहेको छ । मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले लोकमार्गकेन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जनाएको छ ।

मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि महासचिव सिंहले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस