सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द


१८ माघ २०७८, मंगलबार


सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ ।

यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नुपरेको जनाएको छ ।

प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै सङ्क्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै हप्ता दिनका लागि सेवा बन्द गरिएको हो ।

सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होमआइसोलोशनमा बसेका छन् । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ ।

कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो ।

यसअघिका सङ्क्रमित निको भएर सबै घर फिर्ता भइसकेका छन् । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित सङ्ख्या १० पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस